fbpx

गुलाबी हीराको मूल्य ५० मिलियन डलर !

0 160

बीबीसी । हीराको मूल्य कति हुन सक्छ ? एक दुर्लभ गुलाबी हीरालाई ५०  मिलियन डलरमा खरिद गरिएको छ । प्रति क्यारेट मूल्यका हिसाबले यो मूल्य विश्व रेकर्ड हो ।

‘पिंग लेगेसी’ नामको उक्त हीरा केवल १९ क्यारेट तोलको छ । यसलाई अमेरिकी ब्रैंड हैरी विंस्टनले जेनेभामा लिलामीमा खरिद गरेको हो । क्रिस्टीज अक्शन हाउसका युरोप प्रमुखका अनुसार उक्त हीराको प्रति क्यारेट मूल्य १९ करोड रुपयाँ भन्दा बढी छ, जुन विश्व रेकर्ड हो ।
हीरालाई लिलामी सुरू भएको पाँच मिनेट भित्रै खरिद गरिएको थियो । उक्त हीरा डि बीयर्स खनन कम्पनी सञ्चालन गर्ने ओपेहाइमर परिवारको सम्पत्ति थियो । क्रिस्टीज अक्शन हाउसका इन्टरनेशनल हेड अफ ज्युलरी राहुल कडाकियाले उक्त हीरालाई संसारकै सबैभन्दा शानदार हीरामा गणना गरिने बताएका छन् ।

tuborg

उनले भने, “यसको गुलाबी रंग एक क्यारेटको हीरामा पनि सजिलै देख्न सकिन्छ । तर यो हीरा लगभग १९ क्यारेटको छ र यो पूर्णरुपले गुलाबी छ । यो अविश्वसनीय हो ।’’ यसलाई रंगको गाढापनाको सबैभन्दा उच्ची श्रेणी ‘फेन्सी विविड’ मा राखिएको छ ।

उक्त आयताकार हीरा दक्षिण अफ्रीकाको खानीमा एकसय वर्ष पहिले फेला परेको बताइएको छ । क्रिस्टी अक्शन हाउसमा अनुसार १९२० पछि यसलाई सम्भवतः दोस्रो पटक काटिएको छैन् । हाउसले १० क्यारेटभन्दा ठूलो फेन्सी विविड हीरा फेला पर्नु अत्यन्तै दुर्लभ रहेको जनाएको छ । उक्त हीराले हीराको प्रति क्यारेट मूल्यको पछिल्लो रेकर्ड तोडेको छ ।

Leave A Reply

Your email address will not be published.