fbpx

दाँत दुखेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यस्तो घरेलु उपचारहरु

0 3,701

आजभोलिको खानपान गतिलो नहुने अनि मानिसलाई चुरोट खैनीको लत पनि लाग्नाले दाँतमा धेरै समस्या हुने गरेका छन्

दाँतको उपचार महंगो पनि पर्छ तर हामी यहाँ केही घरेलु उपाय बताउँदैछौं यिनको प्रयोग गर्नुभयो भने अनावश्यक खर्च नगरिकनै तपाईंको दाँतका रोग निको हुन्छन् दाँत दुखाइ ठीक पार्न ल्वाङको तेल अत्यन्तै प्रभावकारी हुन्छ

tuborg

ल्वाङको तेलका दुईतीन थोपा एउटा कपासको डल्लोमा भिजाउनुस् अनि त्यसमा एक चौथाइ चम्चा जैतूनको तेल मिसाउनुस् त्यसपछि दुखेको दाँतमा यो राखेर मुख बन्द गर्नुस् यसले दुखाइ कम गर्छ  

खोकी लाग्दा खाने गोलीहरूले पनि दाँतको दुखाइ ठीक पार्छन् यस्ता गोली चुस्नुस् गोली नचबाउनुहोला है   दाँत सफा गर्नका लागि ब्रश गर्ने, फ्लस गर्ने वा माउथवाशले कुल्ला गर्ने सबै थोक गर्नुस् कहिलेकाहीँ दाँतमा अड्केको खानेकुराका कारण दाँत दुख्छ

  काँक्रो टुक्रा पारेर दाँतमा राख्दा पनि दुखेको ठाउँमा राहत पुग्छ   दाँत दुखेको ठाउँमा तातो टिब्याग राख्दा पनि राम्रो हुन्छ टिब्यागमा भएको ट्यान्निक एसिडले गिजा फुल्नबाट रोक्छ   अदुवाको बोक्रा ताछ्नुस् यसलाई टुक्रा टुक्रा बनाउनुस् त्यसपछि दुखेको दाँतनेर लगेर मजाले चपाउनुस् बिस्तारै दुखाइ कम हुँदै जान्छ

Leave A Reply

Your email address will not be published.